रास्वपाको चेतावनी : प्रमाणित भए गृहमन्त्री जेल जानुपर्छ, पर्सिको संसद् सामान्य हुँदैन

रास्वपाको चेतावनी : प्रमाणित भए गृहमन्त्री जेल जानुपर्छ, पर्सिको संसद् सामान्य हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणलाई चर्काउने संकेत गरेको छ ।

आईतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै कार्यबाहक प्रवक्ता मनिष झाले जेठ १३ गते बस्ने संसद् बैठक अवरुद्ध गर्ने संकेत गरे । उनले भने, ‘अबको बैठकमा हामी के गर्छौं भनेर भन्दिनँ तर पर्सिको संसद् बैठक सामान्य हुँदैन ।’

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा हालका गृहमन्त्री रमेश लेखक समेत कांग्रेस पार्टीले संसद्मा उनीमाथि चर्काे दबाब सिर्जना गरेको थियो ।

बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल भएको जनाउँदै उनले भने, ‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्‍याउँला जस्तो देखिँदैन । यो त एकअर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’

गृहमन्त्री रमेश लेखकले संलग्नता प्रमाणित भयो भने राजनीति छाड्छु भन्नु हास्यास्पद भएको बताउँदै उनले प्रमाणित भए राजनीति छाड्ने होइन कि जेल जानुपर्ने स्मरण गराए ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने रास्वपाले जनाएको छ ।