काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले सुशासनको सूचक भनेको सदनको मन्तव्य नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकपश्चात उनले सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य नभएको भन्दै सार्वजनिक सेवामा सुधार भएको बताए ।
उनले भने, ‘सुशासनको कुरामा के हुन्छ भने सुशासनको सूचक भनेको सदनको मन्तव्य होइन । सुशासनको सूचक भनेको सार्वजनिक सेवामा सुधार हो । सदनमा जति नै मिठो भाषण गर्नु हुन्छ भने पनि लाइसेन्स लिँदा कहिले पाइन्छ भन्ने ठेगान छैन, बिजुली पानीको ठेगान छैन । पासपोर्ट लिदाँ कति कुर्नुपर्छ, त्यसको ठेगान छैन, कारागारमा मान्छे सुरक्षित छैनन् । यो हो सूचक भनेको । सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य होइन, सेवा नै हो ।’
सभापति खराब भएको कुरा थाहा थियो भने त्यो बेला किन गठबन्धन गरेको प्रश्न गर्दै उनले पार्टनरशिपमा हुँदा एकदम राम्रो भन्ने पार्टनरशिपबाट हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमी यहीँबाट देखिएको बताए ।
उनले भने, ‘सभापतिजी खराब भएको कुरा थाहा थियो भने त्यो बेला किन गठबन्धन गर्नुभयो, अहिले नयाँ पार्टनर भेटिएपछि मेरो पूर्व पार्टनर खराब थियो भनेर भन्दै हिन्नुहुन्छ भने तपाईं आफूलाई राम्रो पार्टनर होइन । किनभने तपाईं पार्टनरशिपमा हुँदा एकदम राम्रो भनेर भन्ने पार्टनरशिपबाट हटेपछि नराम्रो भन्ने राजनीतिक संस्कारको कमी त्यहीँबाट देखियो ।’




प्रतिक्रिया