मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुने

मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुने जनाएको छ । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकबाट बाहिर निस्किएका सहप्रवक्ता मनिष झाले ढकालको प्रतिवेदन हुबहु सार्वजनिक हुने बताएका हुन् ।

‘प्रतिवेदनमाथि सबै केन्द्रीय सदस्यको धारणा सुनिसकेपछि हुबहु सार्वजनिक गरिनेछ, सोकुरा सभापति रवि लामिछानले यसअघि पनि भनिसक्नु भएको छ ,’ झाले भने ।

आजको बैठकमा महामन्त्री ढकालले आफ्नो वाक स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको भन्दै मुखमा टेप लगाएर उपस्थित भएका थिए ।