अभिनेत्री मनीषा कोइरालाले गरिन प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

अभिनेत्री मनीषा कोइरालाले गरिन प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

अभिनेत्री कोइरालाले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेको जानकारी दिएकी छन् ।

अभिनेत्री कोइरालाले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् । उनले लेखेकी छन्, ‘यस्तो जोखिमपूर्ण अवस्थामा पनि हामीलाई सुरक्षित राख्न खटिरहेको प्रहरीलाई धन्यवाद भन्न चाहन्छु ।’