सफलताको शिखर र असफलताको मैदानकी मनीषा, नेपाली चेलीको अनौठो बलिउड यात्रा


नायिका मनीषा कोइराला ४७ वर्षकी भएकी छिन् । उनको जन्म १६ अगष्ट १९७० मा काठमाडौंमा भएको हो । उनले बलिउडका कयौं सुपरहिट फिल्ममा काम गरिन् । तर, रक्सी र ड्रग्सको लतले उनको फिल्मी करिअर बर्बाद गरिदियो । क्यान्सरजस्तो विरामीसँग लडेर स्वस्थ भएकी मनिषा लामा समयसम्म स्क्रीनबाट गायब भइन् । यस वर्ष आएको उनको फिल्म ‘डियर माया’बाट उनले कमब्याक गरेकी थिइन् तर फिल्मले कुनै कमाल गर्न सकेन् ।

 

म्निषाले सन् १९९१ मा निर्देशक सुभाष घईको ‘सौदागर’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा मनिषा दुई लिजेन्ड कलाकार दिलिपकुमार र राजकुमारसँग स्क्रीन सेयर गरेको देखिन्थ्यो । फिल्ममा उनीसँग विवेक मुशरान पनि थिए । विवेकको पनि यो डेब्यु सिनेमा थियो । यो फिल्म त्यो वर्षको सबैभन्दा ब्लकबस्टर सिनेमा सावित भएको थियो । पहिलो फिल्मले नै मनिषालाई रातरात सुपरस्टार बनाइदियो । यसपछि उनले कयौं सुपरहिट फिल्ममा काम गरिन् ।

 

करिअरको सुरुवातमा प्राप्त स्टारडमलाई मनिषाले कायम राखिरहन सकिनन् । केही फलप फिल्मका कारण उनी तनावमा रहन थालिन् । तनावका कारण मनिषालाई ड्रग्स र रक्सीको लत लाग्यो । उनको यो खराब बानीका कारण उनले पाउने फिल्म पनि विस्तारै कम कम हुँदैं गए । ड्रग्स र रक्सीका कारण उनको स्वास्थ्य पनि खराब हुँदैं गएको थियो ।

 

२ वर्षमै असफल विवाह
करिअरमा डाउनफल भएपछि मनीषाको जीवन पनि डिस्टर्ब हुन थाल्यो । यसबीच उनको भेटघाट नेपाली बिजनेशम्यान सम्राट दाहालसँग भयो । केही भेटघाटकै क्रममा दुवैबीच प्रेम भयो र सन् २०१० मा दुवैले विवाह गरे । मनीषाको विवाह धेरै दिनसम्म टिक्न सकेन्, उनको पतिसँग झगडा हुन थाल्यो । सन् २०१२ मा विवाहको केवल २ वर्षमै दुवैको विवाह सम्बन्ध टुट्यो, उनीहरुले सम्बन्ध विच्छेद गरे ।

 

 

करिअर र जीवनमा आएको यही मोडले मनिषालाई टुटायो । पीडालाई भुल्न उनले ड्रग्स र रक्सीको सहारा लिइन् । उनको बिग्रिरहेको यस्तो हालतले उनको हातबाट कयौं राम्रा फिल्महरु पनि गुमे ।

 

क्यान्सरको पीडा
मनीषा जिन्दगीको सबैभन्दा खराब समय त्यसबेला आयो जब उनी क्यान्सरकी शिकार भइन् । सन् २०१२ मा क्यान्सर भएको थाहा भएको थियो । पहिले उनले यसको उपचार काठमाडौंमा गरिन्, त्यसपछि मुम्बई आइन् । तर, बिग्रिरहेको स्वास्थ्य अवस्थाका कारण उनी उपचारका लागि अमेरिका पुगिन् । चार वर्ष उपचार गरेपछि उनी क्यान्सरबाट मुक्त भइन् ।

 

राजनीतिक परिवार
मनीषा नेपालमा राजनैतिक परिवारसँग जोडिएकी छन् । उनका पिता प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन् । पिता नेपालको क्याबिनेटमा मन्त्री रहिसकेका ब्यक्ति हुन् । उनी नेपालका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् । उनका एक भाइ सिद्धार्थ कोइराला, जो बलिउडका केही फिल्ममा देखिएका थिए ।

 

मनीषाका बुवाआमा फिल्म खेल्ने छोरीको निर्णयको विरुद्ध थिए । केवल उनकी हजुरआमाले उनलाई समर्थन गरिन् । जब उनी केही राम्रा फिल्मकी हिस्सा बनिन्, त्यसपछि परिवारको विरोध अन्त्य भयो ।

 

दिलिप कुमारले दिएका थिए आर्शिवाद
मनीषा कोइरालाले आफ्नो पहिलो फिल्म सौदागरमा दिलिपकुमारसँग बिताएका केही पलहरुको याद गर्दै एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘पहिलो फिल्ममै दिलिपकुमार र राजकुमारजस्ता दिग्गज कलाकारसँग काम गर्ने बेलामा म निकै नर्भस भएकी थिए । एक सीन पछि दिलिपकुमारले मेरी आमासँग भने यसको नजर उतारदिनुस् । उनले मेरो कामका लागि बधाई र आर्शिवाद  पनि दिए ।’

 

यी फिल्ममा गरेकी थिइन् काम

मनीषाले धनवान—१९९३, मिलन—१९९४, १९४२ ए लव स्टोरी—१९९४, बम्बे—१९९५, अकेल हम अकेल तुम—१९९५, अग्नीसाक्षी—१९९६, गुप्त—१९९७, दिल से—१९९८, मन—१९९९, लज्जा—२००१ सहितका कयौं फिल्ममा काम गरेकी थिइन् ।
 —दैनिक भाष्करबाट अनुवाद

प्रतिक्रिया दिनुहोस
Advertisement