भारतीय राजदूतको ३ वर्षे कार्यकाल सकियो, अब नयाँ राजदूत को ?

भारतीय राजदूतको ३ वर्षे कार्यकाल सकियो, अब नयाँ राजदूत को ?


काठमाडौं – नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको तीनवर्षे कार्यकाल सम्पन्न भएको छ । कार्यकाल पूरुा भए पनि उनी १५ पुसमा स्वदेश फिर्ता हुनेछन् ।

मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।

नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।