मोदीले ओलीलाई दुई पटक फोन गरेर बधाई दिनुकाे रहस्य यसरी खोले भारतीय राजदूतले

मोदीले ओलीलाई दुई पटक फोन गरेर बधाई दिनुकाे रहस्य यसरी खोले भारतीय राजदूतले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस ६ र माघ ८ गते टेलिफोन गरे।

 

दुबै पटकको फोन वार्ताको विषय थियो– भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिनु र भारत भ्रमणको निम्तो।

 

 

२०७२ सालमा प्रधानमन्त्री बनेका बेला भारतीय नाकाबन्दीविरुद्ध उभिएपछि चीन नजिक भनेर चित्रित हुन थालेका एमाले अध्यक्ष ओली फेरि प्रधानमन्त्री बन्ने भएपछि मोदीले सम्बन्ध सुधार गर्न चाहे। ओलीलाई चीन नजिक भनेर चित्रण गरिन थालिएका बेला मोदीले ‘विशिष्ट सम्बन्ध राख्न चाहे।

 

जुन विषय अहिले आएर भारतीय राजदूत मञ्जिवसिंह पुरीले खुलासा गरेका छन्।

 

 

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा पुरीले भने, ‘मोदीले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो विशिष्ट सम्बन्धको संकेत हो।’
उनले भारत अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

 

 

नेपाल–भारत छिमेकी मित्रराष्ट्र रहेको उल्लेख गर्दै पुरीले एक–अर्काबीच ‘विन–विन’ को आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्ने समेत बताए।