मञ्जुश्री फाइनान्सको नाफा ९४ % ले बढ्यो,प्रतिशेयर आम्दानीमा पनि सुधार

मञ्जुश्री फाइनान्सको नाफा ९४ % ले बढ्यो,प्रतिशेयर आम्दानीमा पनि सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा ९४ प्रतिशत बढीको उछाल आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको मञ्जुश्रीको खुद नाफा करिब २ गुणा बढेको हो ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९४.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि १०४.४७ प्रतिशतले बढेर ५३ करोड ९० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २६ करोड ३६ लाख रुपैयाँमा सीमित थियो।

खुद नाफासंगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । मञ्जुश्रीको प्रतिशेयर आम्दानी २० रुपैया ३३ पैसा बढेर ५१ रुपैया ८२ पैसा पुगेको छ । कम्पनीको रिजर्भको आकार ३०.४५ प्रतिशतले बढेर ३८ करोड २४ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २९ करोड ३१ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१.८२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.७२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६८.९३ रुपैयाँ रहेको छ।