पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुग्यो

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

याङ्गुन –  अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो। शनिबार विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई शनिबार बताए।

लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो पहिरो गएको थियो। पहिरोले स्थानीय बासिन्दाका घर बगाउनुका साथै धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ। स्थानीय समय अनुसार शुक्रबार विहान ७ बजेतिर पहिरो भएको थियो। पहिरो लगत्तै स्थानीय बासिन्दा र अन्य क्षेत्रबाट आएका उद्धारकर्मीहरुले खोजी तथा उद्धार कार्य गरिरहेका छन्।

अत्यधिक वर्षासँगै आएको बाढीले पाउङसँगै मावलाम्यीने, मुडोन, थान्ब्युजायात, क्यैकमाराव, ये लगायतका ठाउँमा बढी असर परेको छ। ती क्षेत्रका कतिपय विद्यालयहरु केही दिनलाई बन्द गरिएको छ।

देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दशौँ हजार आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ। पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाए प्यार कोने गाउँको १६ ओटा घर बगाएको अधिकारीहरुले जनाएका छन्। एएफपी