चीन र पाकिस्तान मिलेर भारतलाई गम्भीर खतरामा पार्न सक्छन्ः सेना प्रमुख नरवाने


एजेन्सी – भारतीय सेना प्रमुख जनरल एमएम नरवानेले पाकिस्तान र चीन मिलेर भारतका लागि खतरा निम्त्याउन सक्ने बताएका छन् ।

सेना दिवस अगावै समग्र राष्ट्रिय सुरक्षा चुनौतिहरुमा सञ्चारकर्मीसँग कुरा गर्दै जनरल नरवानेले पाकिस्तान र चीनको भारतमाथि पाखण्डपूर्ण सोच दुबैमा देखिएको बताएका हुन् ।

उनले भने, ‘पाकिस्तान र चीन मिलेर ठूलो खतरा उत्पन्न भएको छ । उनीहरूको कपटी सोचको जोखिमलाई वेवास्ता गर्न मिल्दैन ।’

सेना प्रमुखले भारतले दुईवटा मोर्चामा भएको खतरनाक अवस्थाको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । उनले भने, ‘चीन र पाकिस्तानबीच सैनिक र नागरिक क्षेत्रमा सहयोग बढ्दैछ ।’

यद्यपी उनले भारत र चीनले सेना फिर्ता लिन र तनाव कम गर्न सम्झौता गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘म विश्वस्त छु । समान सुरक्षाको आधारमा यस मुद्दामा समाधान भेटिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement