काठमाण्डु – भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपालको तीन दिने भ्रमणमा यसै महिना काठमाण्डु आउँदैछन् । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे विवादास्पद अभिव्यक्ति दिएपछि नरवाणे पहिलोपटक नेपाल आउन लागेका हुन् । भारतीय सेनाध्यक्षको नेपाल भ्रमण नियमित भएपनि यसलाई महत्वका साथ भने हेरिएको छ ।
कोरोना भाइरसको महामारीकाबीच सेनाध्यक्ष नरवाणे नेपाल भ्रमणमा आउनु नेपाल–भारतबीच देखिएका विवाद केही हदसम्म हल हुने आंकलन समेत गरिएको छ ।
सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा अोलीले ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर अर्को जिम्मेवारी दिएकाका छन् । मन्त्री पोखरेलले सेनालाई गलत प्रयोग गरेको र प्रधानमन्त्रीले सजायस्वरुप मन्त्रालय खोसेको नेपाली सेनाका पूर्वजर्नेल डा. उमेश भट्टराई बताउँछन् । रक्षामन्त्रालयबाट पोखरेललाई हटाउनुमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको विषयलाई जोडेर हेरिएको छ ।
‘नरवाणेको भ्रमणको उदेश्य नेपाल कुनै पनि हालतमा चीनतर्फ नढल्कियोस् । किन भने हाम्रो जियोलोजिकल सेन्सेटिभ छ । इस्ट इन्डीया कम्पनीको पालादेखि जसरी नेपाललाई हेरिएको थियो । अहिले पनि भारतका संस्थापन पक्षले नेपाललाई त्यही नजरले हेर्छन्’, प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने ।
तर, नेपालको चाहना भनेको चीन र भारतलाई ब्यालेन्समा लाखेर आफ्नो देशको विकास गर्ने, जनतालाई समृद्धितर्फ लैजाने काम गर्नुपर्ने त्यसका लागि नेपालले दुवै देशसँगको सम्बन्धलाई एउटै तहमा लैजानुपर्ने उनको सुझाव छ ।
सन् २०१५ सालमा नेपालमाथि चर्को नाकाबन्दी लगाएको भारत एकपछि अर्को गल्ती गर्दै आइरहेको छ । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेट्ने, लिपुलेक हुँदै चीनको सीमा मानसरोवर जाने सड्क उद्घाटन गर्ने जस्ता विवादास्पद काम गर्दै आइरहेको छ । भारतको एकपछि अर्को विवादास्पद कदमपछि नेपाल भारतसम्बन्ध बिग्रदै गएको छ ।
सेनाध्यक्ष नरवाणेको भ्रमण दुई देशबीचको सम्बन्धलाई थप मजबूद बनाउनेमा केन्द्रित रहेको धेरैको बुझाई छ । आफ्ना विवादस्पद कदमबाट चिढिएको नेपालसँग भारत प्रगाढ सम्बन्ध बनाउने उदेश्यमा रहेको सेनाका अवकासप्राप्त सहायकरथी भट्टराईको बुझाई छ ।
उनले नेपालमा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्धा सेलाउँदै गएको बताए । सरकारले नयाँ नक्सासहितको किताब प्रकासन गर्न नदिनु, सांसदहरुलाई नयाँ अंकित लोगो नदिनुलाई महत्वका साथ हेरिएको छ ।
उनले पोखरेलले सेनालाई लकिरका फकिरको उपाधि दिन खोजेको बताए । डा.भट्टराईले मन्त्री पोखरेलले मिलिटरीलाई प्रयोग गर्न नजान्दा आज यस्तो परिणाम भोग्नु परेको बताए ।
‘ईश्वर पोखरेलले सेनालाई लकिरका फकिर जस्तो उपाधि दिने, ओम्नी समूह, सेनालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिने अनि सेनालाई ब्लेम लगाउने काम उहाँबाट भएको छ । प्रधानमन्त्रीले उहाँको मन्त्रालय चेन्ज गर्ने कुनै नौलो जस्तो लाग्दैन’, उनले भने ।
उनकाअनुसार सेना विशुद्ध पेशेवर निकाय भएकाले चलखेलमा, खरिद विक्रीमा भ्रष्टाचारमा संलग्न गराउन खोज्नु र त्यसको थ्रुबाट भ्रष्टाचार गर्न खोज्नु गलत थियो ।
‘त्यो गलत कामको उचाई उहाँले भोग्नु भयो तर, प्रधानमन्त्रीले यतिमै उन्मुक्ती दिनु हुँदैन थियो । किनकी प्रधानमन्त्रीले जिरो टलरेन्स अन करप्सनको कुरा गर्नु भएको छ । त्यसकारण ईश्वर पोखरेललाई त्यति सजिलै उन्मुक्ती दिने ठाउँ चाँही देखिँदैन । यो छानबिनको विषय हो । यसको छानबिन नगरे पार्टी र जनतामा नकारात्मक सन्देश जान्छ’, उनी भन्छन् ।




प्रतिक्रिया