सौन्दर्य प्रतियोगिताको नाममा यौनहिंसा : १५ वर्ष कैदको मागसहित मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

सौन्दर्य प्रतियोगिताको नाममा यौनहिंसा : १५ वर्ष कैदको मागसहित मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी


काठमाण्डु – जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले मनोज पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन सकिएको छ ।

सम्भवतः आज नै जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर हुने छ । उनीविरुद्ध मानव बेचविखन प्रमुख अभियोग हुने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

शरीर बन्धक बनाई नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग गर्दै अभियोगपत्र दायर गर्ने तयारी भइरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

त्यस्तै, यौन हिंसा र बलात्कारमा हदम्याद नभएपछि हदम्याद भएको जाहेरीलाई भने टेकेर अभियोग थप गर्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ ।

पाण्डेमाथि सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ । पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।