भारतीय थलसेनाका सेनाध्यक्ष पाण्डेको नेपाल भ्रमणको मिति तय

भारतीय थलसेनाका सेनाध्यक्ष पाण्डेको नेपाल भ्रमणको मिति तय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय थलसेनाका सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन् । पाण्डेको नेपाल भ्रमण सेप्टेम्बर ५ देखि ८ अर्थात भदौ २० देखि २३ गतेसम्म तय भएको स्रोतले जानकारी दियो । पाण्डे ३० अप्रिलमा भारतीय सेनाको प्रमुख बनेका थिए ।

उनको भारतीय सेना प्रमुखमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो । पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ ।

नेपाली सेनाका १४ जना प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय सेनाका १८ जना सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाइसकेका छन् । जनरल पाण्डेले मानार्थको उपाधी पाएसंगै उनि भारतको १९ औं सेनाध्यक्ष हुनेछन् ।

सेनाध्यक्ष पाण्डेको भ्रमणको बेला द्धिपक्षिय सैनिक सम्बन्धलाई मजबूत बनाउनेबारे छलफल हुनुका साथै उनले उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आफ्ना समकक्षी नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्मासंग समेत भेटवार्ता गर्नेछन् । पाण्डेको भ्रमणबारे दुई देशका सैनिक अधिकारीहरु तयारीमा जुटेका छन् ।