मन्त्रीज्यूको निर्देशनअनुसार डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउँछु : कार्यकारी निर्देशक सिलवाल

मन्त्रीज्यूको निर्देशनअनुसार डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउँछु : कार्यकारी निर्देशक सिलवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै सिलवालले २ वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

निर्णयहरूमा १०औं तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।

पदभारको क्रममा सिलवालले दशैंतिहार नजिक रहेको भन्दै विद्युत्लाई नियमित आपूर्ति गर्न तथा डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने बताए ।

उनले भने, ‘दशैं र तिहारको संघारमा छौं । यो बेला कसरी हुन्छ विद्युत्लाई नियमित आपूर्ति गर्ने भन्ने पहिलो प्राथमिकता हो, त्यसमा काम गर्छौं । यससँगै नवनियुक्त मन्त्रीज्यूले डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउन निर्देशन दिनुभएको छ । त्यो निर्देशनलाई कार्यान्वयन गर्नतिर हामी जान्छौं ।’

सिलवालले सेवा प्रवाहलाई चुस्त दुरुस्त र गति बढाउनुपर्ने धारणा समेत राखे । ‘मैलै ३–४ वटा कुरा मनन् गरेको छु, अहिलेको युवा पुस्ताले के खोजेको हो भने एउटा सिस्टम खोजेको हुन् । हामीले बाटो काट्दा पनि यसो हेर्‍यौं भने सटकर्ट खोज्छौं । उनीहरू जेब्रा क्रसिङ खोज्छन् । यसलाई मनन् गरेर हामीले दिनुपर्ने के हो सेवा प्रवाहलाई चुस्त–दुरुस्त गर्नुपर्‍यो र सेवासुविधाको गति बढाउनुपर्‍यो,’ उनले भने ।