मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए ।

मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्छ ।

यस्तै, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् ।

बैठकमा खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’मा रहन र कुनै घटना भइहालेमा सकेसम्म क्षति हुन नदिन र सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना प्रणालीलाई चुस्त, प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।