मनसुनको गति सुस्त, देशभर फैलिन अझैँ एक साताभन्दा बढी लाग्ने

मनसुनको गति सुस्त, देशभर फैलिन अझैँ एक साताभन्दा बढी लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशभर मनसुन फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिन अझैँ एक साताभन्दा बढी लाग्ने भएको हो । जसअनुसार एक साताअघि नेपाल भित्रिएको मनसुन हाल पूर्वमा सक्रिय भएको छ भने अन्य प्रदेशमा फैलिने क्रममा छ।

अहिले मनुसन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ। मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षा भइरहेको छ।

मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको गति सुस्त भएकाले देशभर फैन अझैँ समय लाग्ने भएको हो । अघिल्लो वर्षको मनसुन देशभर फैलिन करिब तीन हप्ता लागेको थियो।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने

यस वर्षको मनसुनमा नेपालका विभिन्न भू-भागमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसअनुसार देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । यस वर्षको मनसुनको अवधिमा तापक्रम पनि अधिकतम र न्यूनतम दुवै औसतभन्दा धेरै नै हुने देखिएको छ ।

सुदूरपश्चिम, मधेश प्रदेश तथा कोशी प्रदेशका केही भू-भाग सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव ४ प्रतिशत देखि ६५ दशमलव पाँच प्रतिशत छ भने कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।