काठमाण्डु– सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । उनीहरु सवार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी लम्कीमा एकापसमा ठोक्किएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली कैलाली जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न जादैं छन् । मन्त्रीद्वय ओलीको स्वागतका लागि जादैं थिए । दुबै गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया