मन्त्री अधिकारीको सम्मानमा तीनदिन शोक मनाउने नेकपा सचिवालयको निर्णय

मन्त्री अधिकारीको सम्मानमा तीनदिन शोक मनाउने नेकपा सचिवालयको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति नेपाल कम्युनिष्ट पाटी नेकपाले दुःख व्यक्त गर्दे तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निबास बालुवाटारमा अध्यक्ष तथा केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीले मुलुकभर कुनै औपचारिक कार्यक्रम नगरी पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने तथा शोक पुस्तिका राखी सम्मान प्रकट गर्ने निर्णय गरेको हो।

बैठकले फाल्गुन २३ गते काठमाडौमा केन्द्रीय शोकसभा आयोजना गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले मन्त्री अधिकारीको अन्तिम श्रद्धान्जलीका लागी टुँडिखेल र पार्टी कार्यालय धुम्वाराहीमा राखिने उनले बताए।

अधिकारीको अन्तिम संस्कार कास्कीमा हुने र दुर्घटनामा ज्यान गुमाएका अन्य व्यक्तिहरको शव परिवारजनलाई बुझाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए। त्यसैगरी उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरुको परिवारको आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राखी सरकारले उपयुक्त सहयोगको व्यवस्था गर्न पनि माग गरेको छ।