कोहलपुर – बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण सहरका रुपमा बिकास गरीने बताएका छन ।
बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अथकले आगामी ५ वर्ष भित्र नरैनापुरको मुहार फेरीने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई बिकास गरीने बताएका
हुन ।
शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै माओवादी केन्द्रका स्थाई समिती सदस्य समेत रहेका मन्त्री अथकले आफ्नो पहिलो कार्यकालमा नरैनापुरमा बिकासको जग तयार गरीएकाले आगामी पाँच वर्ष विकासको वर्ष हुने जिकीर गरे ।
उनले बिगतमा दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन र रोजगारमा जोड दिईने बताए ।
उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिईने दाबि गरे । कृषि उत्पादनको दृष्टिले नरैनापुर उर्वर भुमी भएकाले छरीएर रहेका बस्तीलाई एकिकृत गरी ग्रामिण सहर निर्माण गर्नुपर्ने भन्दै अथकले कृषीजन्य उत्पादन बढाउन र त्यसको बजारीकरणमा सहजता हुने उल्लेख गरे । उनले नरैनापुरलाई कृषि हबका रुपमा बिकास गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।




प्रतिक्रिया