जानी जहाज चलाउँदा खुवालुङ ढुंगाको संरक्षण गर्छौंः मन्त्री नेम्वाङ

जानी जहाज चलाउँदा खुवालुङ ढुंगाको संरक्षण गर्छौंः मन्त्री नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पानी जहाज चलाउँदा खुवालुङ ढुंगाको संरक्षण गर्ने बताएका छन् ।

पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्दै मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने बताएका हुन् ।

खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने बताए । उनले भने, ‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौं । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन् ।’

मन्त्री नेम्वाङले आगामी दिनको कार्यायोजना स्पष्ट रुपमा बनाएर पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन समेत पानी जहाज कार्यालयलाई निर्देशन दिए ।