मिडिया विधेयक फिर्ता हुँदैनः मन्त्री बाँस्कोटा

मिडिया विधेयक फिर्ता हुँदैनः मन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सदनमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विधेयकबारे संसदमा छलफल हुने तर फिर्ता नहुने बताएका हुन् ।

नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले विधेयकमाथि दिएका सुझाव हेर्ने र बहस सुरू गर्ने पनि उनले बताए ।

प्रेस क्षेत्रको समृद्धि सरकारको चाहना भए पनि सरकारले आरती भने नखोजेको उनले बताए । ‘धेरै नबोलुँ । मैले बोल्यो कि अप्ठ्यारो परिहाल्छ,’ तर ‘विधेयक फिर्ता हुँदैन,’ उनले भने ।

सत्तारूढ नेकपाकै सचिवालय सदस्यहरुले विधेयक फिर्ता लिन माग गरे पनि बाँस्कोटाले फिर्ता नहुने दोहोर्‍याएका हुन् ।