काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’प्रति आक्रोश व्यक्त गरेका छन् । उनले विप्लवलाई सरकारले पटकपटक वार्तामा बोलाउँदा पनि नआएको भन्दै आक्रोश पोखेका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा बुधबार बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले वार्तामा बोलाउँदा पनि हिंसातिर लागेको आरोप लगाए ।
केही दिनअघि उपत्यकामा भएको बम विस्फोटनतिर संकेत गर्दै मन्त्री बाँस्कोटाले भने, ‘लुट्न मात्रै पल्किएका लुटेराहरुलाई वार्तामा बोलाउँदा लुट्न पाइएन भनेर हिंसातिर लागेका छन् ।’
नेपालमा हिंसा अनुचित रहेको भन्दै उनले बल्ल बल्ल तंग्रिएको देशमा हिंसाले पर्यटक आगमनमा असर गर्ने टिप्पणी गरे । उनले नेपालमा हिंसा नचाहिएको भन्दै विप्लवलाई वार्तामा आउन पनि आग्रह गरे ।




प्रतिक्रिया