काठमाडौं – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै कांग्रेसले आजको बैठक अवरुद्ध गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो बुधबार सार्वजनिक भएको थियो ।
सोही विषयलाई लियर कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका हुन् ।
राष्ट्रियसभाको अर्को बैठक १५ फागुनमा बस्नेछ ।




प्रतिक्रिया