६ जनाकाे टाेली लिएर स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

६ जनाकाे टाेली लिएर स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना छन्।

जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।