सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालकाे आपत्ति


काठमाण्डु – एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

निर्वाचनअघि १० दिने सूचना जारी गर्दै समितिले दिइएको समयावधिभित्र घरटहरा नहटाए आफैँले खाली गर्ने सूचना जारी गरेको थियो । तर, निर्वाचनअघि मतदाता रुष्ट हुने भन्दै सो कार्य थाती राखिएको थियो ।

सोमबार दिउँसो सुकुम्बासीको घरटहरा गर्न गएकामाथि सुकुम्बासीले आक्रमण गरेका छन् । कुनै विकल्प नदिई घरटहरा हटाउन लागेको भन्दै सुकुम्बासीहरूले करिडोर र प्रसूतिगृह छेउमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले घरटहरा खाली गर्न आउने सुरक्षाकर्मीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् । जसबाट काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement