आजै मन्त्रीहरु परिवर्तन गर्छु : प्रधानमन्त्री ओली

आजै मन्त्रीहरु परिवर्तन गर्छु : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीहरु परिवर्तन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्री परिवर्तन हुने बारेमा जानकारी गराएका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री परिवर्तन हुने बताएको जानकारी गराए । प्रधानमन्त्री ओली सचिवालयको बैठकलगत्तै दरवारमार्गस्थित होटल याक एण्ड यतिमा भइरहेको कार्यक्रममा सहभागी हुन त्यता पुगेका छन् ।

प्रधानमन्त्री ओलील उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, श्रममन्त्री गोकर्ण विष्ट र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई हटाउने तयारी गरेका छन् ।
यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाउने सुचीमा छन् ।