कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण

कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएपछि अहिले ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । मन्त्रालयको काममा शुक्रवार हेटौडा पुगेर काठमाडौं फर्किएपछि खनाललाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा कृषीमन्त्री खनाललाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगेर रगत परीक्षण गरिएको थियो । परीक्षणपश्चात डेंगु भएको पुष्टि भएपछि मन्त्री खनाललाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।