पैसा नभएर उपचार नपाउने अवस्थाको अन्त्य गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

पैसा नभएर उपचार नपाउने अवस्थाको अन्त्य गरिन्छ : स्वास्थ्यमन्त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्न सरकारले चाहेको बताएका छन् ।

रोगले धनी गरिब, सुगम दुर्गम, ठूलो सानो नभन्ने भएकाले पैसै नभएर उपचार पाउन नसक्ने र ज्यानै गुमाउनुपर्ने अवस्था कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे अध्ययन र विज्ञको राय लिने काम सुरु गरेको मन्त्री ढकालको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको कार्यक्रममा उनले बिरामी हुँदा उपचार गर्नै नसकेर ज्यान गुमाउने अवस्था अन्त्य गर्दै ‘बिरामी परेका बेला मेरो कोही नभए पनि राज्य छ नि’ भन्ने अनुभुति गराउनु राज्यको दायित्व भएकाले आफूले त्यसै अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

स्वास्थ्य क्षेत्र अब कसरी अघि बढाउने भन्नेबारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग परामर्श र स्वास्थ्य संस्थाको अवस्था बुझ्ने क्रम सुरु गरिसकेको मन्त्री ढकालको भनाइ छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर भरत यादवले आफ्नो पहिलो भ्रमणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका विकृति हटाउने र राम्रा कुरा विस्तार गर्ने नीति सरकारले लिनुपर्ने बताए ।