बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुर्‍याउ : कानुनमन्त्री गुरूङ

बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुर्‍याउ : कानुनमन्त्री गुरूङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि सबैले योगदान गर्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून,न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ वर्षदेखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दलविशेष मात्रै नभई सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।

शान्तिप्रक्रियाको विषय सबै दलहरुको साझा विषय भएकाले सबैसँगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए। त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिँदै मन्त्री गुरुङले छानविन प्रतिवेदनका आधारमा पीडितलाई न्याय दिने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धी विषयमा प्राप्त हुने सुझावले यस विधेयकलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।