मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई दबाब दिने एकीकृत समाजवादीको निर्णय

मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई दबाब दिने एकीकृत समाजवादीको निर्णय


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो चाडै नै पोलिटब्यूरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयमा छलफल गर्‍यौँ,’ खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषद्मा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’

मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।