सञ्चारमन्त्रीको स्पष्टोक्ती– कुनै पार्टी प्रवेशका लागि वार्ता र छलफल समेत भएको छैन

सञ्चारमन्त्रीको स्पष्टोक्ती– कुनै पार्टी प्रवेशका लागि वार्ता र छलफल समेत भएको छैन


काठमाण्डु– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् ।

बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको बताएका हुन् ।

उनले पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे ।

आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको भन्दै उनले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए ।

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे ।