नेपालको पुरानो नक्सा छापिएका पुस्तक जफत गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालको पुरानो नक्सा छापिएका पुस्तक जफत गर्न मन्त्री श्रेष्ठको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा छापिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन् । पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको पाइएपछि मन्त्रीको यस्तो निर्देशन आएको हो । मन्त्री श्रेष्ठले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने तथा बजारमा पुगेका पुरानो नक्सा अंकित पुस्तक जफत गर्न भनेका हुन् ।

मन्त्रालयको निर्देशन अटेर गरेमा कानुन अनुसार अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । तर कतिपय प्रकाशनले पुरानै नक्सा पुस्तकमा छापेका छन् ।