काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
सोमबार मन्त्रालयमा नेपाल निगमका अधिकारी र ग्यास उद्योगीलाई बोलाएर ग्यास वितरणमा सरकारलाई सहयोग नगरे सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएका हुन् ।
मन्त्री भट्टले व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै तत्काल बजारमा ग्यास उपलब्ध नगराइए उद्योग, डिलर र सबडिलरको लाइसेन्स खारेजको प्रक्रिया अघि बढाउनेसमेत चेतावनी दिए ।
उद्योगी व्यवसायीका सामुन्ने मन्त्री भट्टले उपभोक्तालाई सहज रुपमा ग्यास वितरण गर्ने काममा मन्त्रालय, निगम वा सरकारी कुनै संयन्त्रले असहयोग गरेको भए आफूलाई भन्नसमेत आग्रह गरेका थिए ।




प्रतिक्रिया