नवनियुक्त मन्त्रीको सपथ आज

नवनियुक्त मन्त्रीको सपथ आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्ड सरकारकानवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनियताको सपथ हुँदैछ ।

शीतलनिवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।