नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अहिले सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बैठक बस्न लागेको जानकारी दिए ।

बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ ।

यस्तै आजै बस्ने संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।