काठमाडौं – महिला, बालबालिका तथत न्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाको क्षेत्रमा हुने समस्यालाई समाधान गर्ने आत्मविश्वास आफुमा भएको बताएका छन् ।
मन्त्रिपरिषद पुनर्गठनपछि मन्त्री भएका गुरूङले आफूलाई महिला मन्त्री हुनुमा हिनताबोध नभए पनि अरूलाई टाउको दुखेको बताउँदै महिलाका क्षेत्रमा जे समस्या छन् ती समस्यालाई पहिल्याएर समाधान गर्न सक्ने बताए ।
मंगलबार ललितपुरमा महिला हिंसाविरूविरुद्ध १६ दिने अभियान कार्यक्रममा उनले भने, ‘महिलाका क्षेत्रमा रहेका समस्या समाधान गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’ ‘पुरूष भएर पनि महिला मन्त्री हुनुमा मलाई कुनै हिनताबोध छैन,’ उनले भने, ‘अरूलाई भने टाउको दुखेर हैरान ।’
उनले सामाजिक मुक्ति र परिवर्तनका लागि नै आफूले काम गर्दै आएको पनि बताए । ‘हामीले सामाजिक मुक्ति र परिवर्तनका लागि काम गरिरहेका छौँ । एउटा अभियान्ताले सामाजिक क्षेत्रमा काम गर्न सक्छ भन्ने आधारमा मैले यो मन्त्रालयको जिम्मेवारी पाएको हुँ,’ उनले भने ।
गुरूङले महिला मन्त्रालयमा महिला नै मन्त्री हुनुपर्ने अनिवार्यता नरहेको प्रष्ट पारे ।




प्रतिक्रिया