जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गछौं : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।

बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए ।

लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाँच दलीय गठबन्धन बनेको बताए । उनले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि ५ दलीय गठबन्धन भएको स्पष्ट गरे ।