बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको शब्दप्रति आक्रोश व्यक्त गरेका छन् ।
बुधबार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनको भन्दै आक्रोश व्यक्त गरेका हुन् । “म यहीँ जिल्लाको माटोमा जन्मिएर यहीँ ठाउँको विकाशका लागि ज्यान दिए लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो” उनले भने ।
केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिसभा सदस्यका उम्मेदवारलाई पाहुनाको संज्ञा दिएका थिए । पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबी गरे । “बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ, उनले भने, यहीँ आकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनुपरेको हो ।”
पौडेलले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने समेत बताएका छन् ।




प्रतिक्रिया