राम्रा काम गर्न सरकारको नै मुख ताक्नु पर्दैन : रक्षामन्त्री पोखरेल

राम्रा काम गर्न सरकारको नै मुख ताक्नु पर्दैन : रक्षामन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ- रक्षामन्त्री ईश्वर पोखरेलले राम्रा काम गर्ने सरकारको नै मुख ताक्नु नपर्ने बताएका छन् । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान बूढानीलकण्ठस्थित पासीकोटमा बुद्ध मूर्ति अनावरणसँगै गर्दै उनले राम्रा काम गर्नका लागि कसैकाे मुख ताक्नु नपर्ने बताएका हुन् ।

‘जनस्तरमा संगठित गरेर पनि विकासको काम अघि बढाउन सकिन्छ भन्ने कुराको प्रमाण तपाईंहरुले बुद्ध मूर्ति निर्माण गरेर प्रस्तुत गर्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘राम्रा काम गर्ने सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन, यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्छ ।’

सरकारको ध्यान आर्थिक विकास, समृद्धि र सुशासनमा केन्द्रित रहेको भन्दै मन्त्री पोखरेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाबमोजिम नै अबदेखि विकास र योजना तय हुने बताए ।

‘विकास तथा योजना निर्माणमा पनि स्थानीय, प्रदेश र केन्द्रीय तहका भिन्नाभिन्नै कार्यक्षेत्र छन्,’ मन्त्री पोखरेलले भने, ‘त्यही कुरा बुझेर तपाईंहरु पनि योजना बनाउन लाग्नुस्, स्थानीय तहभित्र पर्ने कुरा हो भने यहाँको मेयर साबलाई भन्नुस्, प्रदेशले गर्ने हो भने प्रदेशसभाका सदस्यहरु हुनुहुन्छ र केन्द्रीय तहको कुरा हो भने मसँग कुरा गर्न आउनुस् । तर तपाईंहरु कार्यक्षेत्रबारे भने स्पष्ट हुन जरुरी छ ।’