दाजुभाईको संज्ञा दिँदै मन्त्री राईले मनाए अन्य समुदायसँग इद

दाजुभाईको संज्ञा दिँदै मन्त्री राईले मनाए अन्य समुदायसँग इद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जावेद अन्सारी

नेपालगन्ज – सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले मुस्लिम समुदायको महान चाड ‘ईद–उल–फित्र’ २०७६ साल (१४४० हिजरी) स्थानिय विपी चोकस्थित ईदगाहामा नवाज पढेर हर्षोल्लासका साथ मनाएका छन् ।

मन्त्री राईले नवाजपछि एक आपसमा अंकमाल गर्दै ईदको शुभकामना आदान प्रदान गर्री खुशी व्यक्त गरेका थिए ।

मन्त्री राईले मुस्लिम समुदायका साथसाथै अन्य समुदायका व्यक्तिहरूलाई अंकमाल गर्दै ईद पर्व निकै हर्षौल्लासका साथ मनाइएको बताए ।

मन्त्री राई, मेयर डा. धवल सम्सेर राणा, वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र वडा अध्यक्ष सफिक बेहना लगायतका वडा अध्यक्षहरूले शुभकामना आदानप्रदान गरी ईद भब्यताका साथ मनाएका छन् ।

ईदगाहामा छुटेका व्यक्तिहरू अहिले मन्त्री राईको घरमा पुगेर ईद मनाइरहेका छन् ।

विगतका दिनहरूमा सामाजिक सदभाव कायम हुनु पर्नेमा मन्त्री राईले जोड दिंदै आएकोमा अहिले अन्य समुदायले पनि मन्त्री राईलाई दाईभाईको संज्ञा दिंदै ईदको अवसरमा ईद मिलन अन्तरगत अंकमाल गर्दै शुभकामना आदानप्रदान गरीरहेका छन् ।

मन्त्री राईको घरमा ईद मनाउँनको लागि पुगेका सबै समुदायलाई सेवई र मिठाईका साथमा चिसो सरबतले स्वागत गरिएको छ । ईदको अवसरमा शुभकामना आदानप्रदानको साथमा सामाजिक सदभावलाई कुनै अाच नआउने गरी सबै एक जुट भएर अघि बढ्नु पर्ने जस्ता मन्त्री राईको अभिव्यक्ति आईरहेको कारण पनि अहिले बा‘के जिल्लामा उनी अत्यधिक चर्चित हुन पुगेका छन् ।