अन्तत : कानुनमन्त्री तामाङ्गले दिए पदबाट राजिनामा

अन्तत : कानुनमन्त्री तामाङ्गले दिए पदबाट राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङ्गले पदबाट राजिनामा दिएका छन् । सिंहदरबारस्थित कानुन मन्त्रालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री तामाङ्गले पदबाट राजिनामा गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै तामाङले पत्रकार सम्मेलनमा बोल्दै तामाङले कतिपय तत्व आफ्नो विरुद्धमा लागेको आरोप लगाएका छन् ।

उनले आफुले नेपाली नारीहरुलाई जहिले सम्मान गरेको बताए । सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए। उनका आँखा रसाएका थिए। उनले आफूले बोलेको कुरालाई काँटछाँट गरी भिडियो बनाएर हालेको गुनासो गरे।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि मन्त्री तामाङ्ग विवादमा तानिएका थिए । मन्त्री तामाङ्गलाई पदमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्र र बाहिरबाट चर्को दवाव परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछी उनले मंगलबार राजिनामा दिएका हुन् ।

मन्त्री तामाङ्गले विवादित अभिव्यक्ति दिएर आफुले गल्ती गरेको भन्दै माफी समेत मागेका थिए । नेकपाका नेता समेत रहेका मन्त्री तामाङले माफि मागेपनि उनलाई हटाउनुपर्ने आवाज सवत्र उठेपछि सोमबार सांझ बसेको नेकपाको हेडक्वार्टरले राजिनामा दिन निर्देशन दिएको थियो ।