मन्त्री यादवविरुद्ध कांग्रेस नेताले दिए प्रहरीमा जाहेरी, ५ वर्ष कैद र ५० हजार जरिबाना माग

मन्त्री यादवविरुद्ध कांग्रेस नेताले दिए प्रहरीमा जाहेरी, ५ वर्ष कैद र ५० हजार जरिबाना माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको छ । द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध हुलाकमार्फत उजुरी दिएका हुन् ।

यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गरेका छन् ।

यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताएकी थिइन् । आफ्नो अभिव्यक्तिलाई बंग्याइएको उनले दाबी गरेकी थिइन् । तर, चौतर्फी उनको अभिव्यक्तिको विरोध भइरहेका बेला नेता कर्णले उजुरी दिएका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका कर्णले दिएको उजुरीमा मन्त्री यादवले गौर काण्ड दोहोरिने अभिव्यक्ति दिएकोबाट हिंसालाई प्रश्रय पुगेको दाबी गरिएको छ ।

जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसुर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम साजयको मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४ को असुर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिबाना हुने दफा ५ (ग) मा उल्लेख छ ।