काठमाण्डु – अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल कानुनविद् पनि हुन् । उनी पछिल्लो समय काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार थिए ।
यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्वअर्थसचिव हुन्। खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए ।




प्रतिक्रिया