अबको दुई तीन महिनामै नेपालमा रेल चढ्न पाइन्छ : मन्त्री नेम्वाङ

अबको दुई तीन महिनामै नेपालमा रेल चढ्न पाइन्छ : मन्त्री नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा अब रेल चढ्न लामो समय कुर्न नपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएको बताउँदै नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिँदै रेलमार्गको ३५ किमि ट्रयाक सम्पन्न भईसकेको बताउँदै जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने बताए ।

 ‘अब हामीले नेपालमा रेल चढ्न दुई तीन महिना भन्दा बढी कुर्नुपर्दैन । चाँडै नेपालमा रेल चलेको देख्नुहुनेछ, रेल चढ्न पाउनुहुँनेछ,’ उनले भने, ‘हामी रेलको निरन्तर निरीक्षण गरिरहेका छौं । तर हामीसँग रेल चलाउने दक्ष जनसक्तिको अभाव छ, त्यसको ब्यवस्थापन गर्नुपर्नेछ ।’