काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १५७६ जना नागरिकको कोरोना बीमा गरिदिएका छन् ।
उनले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँबाट ३०० विपन्न नागरिक र आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका १२७६ जनाको कोरोना बीमा गरिदिएका हुन् ।
मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गरिदिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।
यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया