मन्त्रीका पीएकोमा कर्मचारी सरुवा गराउन सांसदको भीड

मन्त्रीका पीएकोमा कर्मचारी सरुवा गराउन सांसदको भीड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले उनलाई घेरेको थियो। पूर्वमन्त्रीदेखि सांसदसम्म नेतादेखि कर्मचारीसम्म त्यहाँ पुगेका थिए।

उनीहरु त्यहाँ धाउनुको कारण थियो, कर्मचारी सरुवा। मन्त्री पडित कार्यकक्षमा थिएनन्। उनी प्रदेश १ गएका थिए। त्यसैले भेट्न आउनेहरु स्वकीय सचिववरिपरि झुम्मिएका थिए । हामीले भनेको मान्छे किन सरुवा नभएकोरु कोही उनीलाई केरकार गरिरहेका थिए।

कोही सरुवा गर्नुपर्ने कर्मचारीको नाम टिपाइरहको थिए। स्वकीय सचिव भने खुरुखरु टिपिरहेका थिए। स्वकीय सचिवलाई भेटन बैतडीका सांसद एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीसहित दर्जन नेताहरु कर्मचारी सरुवाका लागि त्यहाँ पुगेका थिए। स्वकीय सचिव भने सरुवाका लागग नधाउन सल्लाह दिइरहेका हुन्थे।  यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ