काठमाण्डु- सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचारका बिषयमा सरकारले आँखा चिम्लिएर नबस्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भएपनि कारबाही हुने स्पष्ट पारेका हुन् ।
उनले नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने बताए ।
असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रीपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ ।
यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु :




प्रतिक्रिया