काठमाण्डु– सरकारले खडेरीको मारमा परेको मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा गरेको हो ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
देशभर मनसुन सक्रिय भएकाबेला मधेशमा भने पनी पर्न सकेको छैन । खानेपानीको हाहाकार भएपछि केहि दिन यता मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले दमकल र ट्याङ्कर बाट पानी वितरण गर्दै आएका छन् ।




प्रतिक्रिया