काठमाण्डु– सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको मुख्य प्रमुख सचिवमा सहसचिव कमल प्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै, सरकारले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकहरुले नेपाल आएको बखत रेसिडेन्सि कार्डको सक्कल र फोटोकपी सहित आवेदन पेश गरेको खण्डमा श्रमस्वीकृति दिन स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया