काठमाण्डु– सरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको होे ।
सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गरेको जानकारी दिए ।
यस्तै नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्तै नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।
जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ ।
वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने र पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।




प्रतिक्रिया